नियम १६
जीवनोद्धार सामग्रीको अभावमा वायुयान उडान गर्न नहुने
आकस्मिक तथा संकटकालीन स्थितिमा यात्रुहरूको जीवनोद्धारको लागि एनेक्स तथा म्यानुअलमा उल्लेख भए बमोजिमको जीवनोद्धार सामग्री तथा त्यस्तै अन्य प्रकारका उपकरणको अभावमा वायुयान उडान तथा सञ्चालन गर्न हुँदैन ।